कुनै समय बलिउड अभिनेता अमिताभ बच्चनको राजनीतिज्ञ अमर सिंहसँग गहिरो मित्रता रहेको थियो । अमिताभ बच्चनको दिन बिग्रिएको बेला अमर सिंहले राजनीतिक सहयोग गर्न नमानेपछि उनीहरुको सम्बन्ध बिग्रिन पुगेको थियो ।
समाजवादी पार्टीका राजनीतिज्ञ अमर सिंहले अमिताभबारे यस्तो रहस्य खुलाएका छन् जसले सबैलाई आश्चर्यमा पार्न सक्छ । उनले दाबी गर्दै भनेका छन्,‘अमिताभ बच्चन र जया बच्चन सँगै बस्दैनन् ।’
एबिपी मज्जासँगको कुराकानीमा अमर सिंहले भनेका छन्,‘मानिसहरु हरेक विवादको जड मलाई नै मान्छन् । जब अमिताभ बच्चनका घरमा विवाद खडा भयो तब मलाई नै दोष लगाउने काम गरियो । यत्रो महाभारत खडा गर्ने म नै हुँ जस्ता अरोप लगाइयो । तर, उनीहरुको विवादमा मेरो केही हात छैन । तर, मैले अमिताभलाई भेट्नुपुर्व नै उनीहरु बेग्लै बस्ने गरेका थिए ।’
उनका अनुसार एक जना प्रतिक्षा र अर्को चाहिँ जनक बंगलामा बस्ने गर्छन् । घरमा जया र ऐश्वर्याबीच पनि राम्रो सम्बन्ध नभएको उनले बताएका छन् । यसमा पनि आफ्नो कुनै हात नरहेको बताएका छन् । राजनीतिमा जया बच्चनलाई नल्याउन अमिताभलाई आफुले बारम्बार सुझाव दिदाँ पनि उनी नमानेको अमर सिंहले बताएका छन् । उनको बानी पनि ठीक नभएको भन्दै राजनीतिमा ल्याउनु घातक सिद्ध हुनसक्ने अमिताभलाई भनेको उनले बताएका छन् । तर, अमिताभले आफ्नो एउटा कुरा पनि नसुनेको अमरले बताए ।