आजकाल यूवतीहरुले बिकिनी र स्विमसुट लगाउनुलाई सामान्य मानिन्छ तर आज भन्दा ५० वर्ष अघि वा ६० को दशकमा धेरै कम नायिकाहरु बिकिनी पहिरिएर क्यामेरामा आउनको लागि तयार हुन्थे ।
बलिउड अभिनेत्री शर्मिला टैगोर ६० को दशकमा पहिलो पटक बिकिनीमा दर्शकको अगाडी आइन् । शर्मिलाको यो हर्कत धेरै दर्शकहरुलाई मन परेन र उनी ठूलो विवादमा फसिन् ।
भारतकी पहिलो बिकिनी गर्ल
सन् १९६६ को अगस्टमा फिल्मफेयर म्यागजिनको कभर पेजमा शर्मिला बिकिनीमा पहिलो पटक देखिइन् । भारतीय दर्शकले जब पहिलो पटक कुनै अभिनेत्रीलाई बिकिनी पोजमा देखे त्यसपछि बवाल मच्चियो । यो विवाद यति मच्चियो कि तत्कालिन संसदमा पनि यो विषयले मुख्य स्थान पायो । शर्मिला नै पहिलो बलिउड नायिका थिइन जसले कुनै म्यागेजिनको लागि बिकिनी पोजमा फोटोसुट गरेकी थिइन् । यति मात्रै होइन् फिल्म फेयर म्यागेजिनको लागि बिकिनी पोज दिने पहिलो भारतिय नायिका पनि उनी नै बनिन् ।
म्यागजिनको कभरको लागि जब शर्मिला फोटोशुटको लागि स्टुडियो पुगिन तब फोटोग्राफर धिरेन चावडाले उनीसँग फोटोसुटको लागि के पहिरिने भनेर सोधे । त्यसपछि शर्मिलाले आफ्नो टु पिस फ्लोरल स्विमसुट ब्यागबाट निकालिन र भनिन् कि यसमै फोटोसुट गराउने छु । केही दिनमा नै यो कभर भाइरल भयो र यसबाट जोडिएको विवाद बढ्दै गयो ।
कन्टोभर्सीबाट मिल्यो फाइदा
सन् १९६६ शर्मिलाको करियरको लागि टर्निङ प्वाइन्ट सावित भयो । यो वर्ष उनको ५ फिल्म (अनुपमा, देवर, सावन की घटा, नायक, ये रात फिर न आएगी) रिलीज भयो । यी पाँचै फिल्मले बलिउडमा जबरजस्त व्यापार गरे ।
मानिसहरुको गाली सुन्न परेको थियो
केही वर्ष पछि शर्मिलासँग यो फोटोसुटको बारे प्रश्न गरिएको थियो तब उनले भनेकी थिइन्, ‘हे भगवान हाम्रो समाज त्यतिबेला धेरै नै रुढिबादी थियो । मलाई केही पनि आइडिया छैन कि मैले किन यस्तो गरेँ रु कोहिले गाली गरे त कोहिले मलाई लाइमलाइट बटुलेको आरोप लगाए । मलाई यसप्रति घृणा छ । त्यसबेला म जवान थिँए र केही नयाँ र रोमान्चक कुरा गर्न चाहन्थे ।’