बलीउडका चर्चित अभिनेता कादर खान हाल गुमनाम छन् । उनी कहाँ छन्, के गर्दैछन् कसैलाई कमैलाई थाहा छ । सन् १९९० को दशकमा उनी नभएको फिल्म आधा अधुरा लाग्ने गथ्र्यो । तर, उनी बलिउडबाट गायब नै भएका छन् । उनले खेलेको अन्तिम फिल्म,‘हो गया दिमागका दही’ रहेको थियो ।
प्राय पिता वा कमेडियनको भुमिकामा देखिने कादर खानले बलीउडलाई ठुलो योगदान समेत दिएका छन् । उनले फिल्म निर्देशनदेखि डायलग लेख्नेसम्म पनि काम गरे । हाल उनको स्वास्थ्य अवस्था राम्रो रहेको छैन । उनी ब्हील चियरको सहायताले यताउता गर्नेगर्छन् । तर, मिडिया रिपोर्टका अनुसार ‘हेरा फेरि ३’ मा उनी देखिदैछन् ।
कादर खानको परिवारमा उनकी पत्नी अजरा खान बाहेक सरफराज, शहनवाज र कुद्दुस रहेका छन् । तर, उनको परिवारका कोही सदस्य पनि उनीसँग बस्दैनन् । उनको ख्याल नोकरले राख्ने गरेका छन् । उनी कान्छा छोराको रेखदेखमा क्यानडामा बस्दै आइरहेका छन् ।