बलीउडस्टार सलमान खानको सुपरहिट फिल्म ‘किक’ को सिक्वेलको शूटिंग २०१८ बाट सुरु हुने भएको छ । प्राप्त जानकारीका अनुसार, स्क्रिप्टको ८० प्रतिशत काम सम्पन्न भइसकेको छ र सलमानलाई पनि स्क्रिप्ट निकै मन परेको छ । भारतीय मिडियाको दाबीलाई आधार मान्ने हो भने डायरेक्टर साजिद नाडियाडवालाले अर्को बर्षबाट यो फिल्मको शूटिंग सुरु गर्न सक्छन् । यो फिल्मको शूटिंग २०१७ बाटै सुरु हुने तयारी थियो तर सलमान खान फिल्म ट्यूबलाइट र ‘टाइगर जिंदा हैमा बिजी भएका कारण अर्को बर्षबाट सुरु हुने बताइएको छ । किकमा सलमानको साथ ज्याकलीन फर्नांडीज, रणदीप हुड्डा र नवाजुद्दीन सिद्दीकी लीड रोलमा थिए । फिल्ममा यस पटक स्टारकास्टलाई कुनै पनि जानकारी प्राप्त भएको छैन ।