सन् २०१५ मा आएको फिल्म ‘बाहुबली’ रिलिज पश्चात एउटा प्रश्न सबैले उठाए, ‘कटप्पाले बाहुबली’ लाई किन मारे ? यो प्रश्नको जबाफको पर्खाइ अब लगभग सकिने लागेको छ । यस प्रश्नको जबाफ यही साल मिल्ने सम्भावना बढेको छ । मिडिया रिपोर्टका अनुसार ‘बाहुबली-२’ को टिमले ट्रेलर रिलिज गर्ने तयारीमा जुटेको छ । यही क्रममा निर्माणपक्षले बहुप्रतिक्षित सिक्बेल ‘बाहुबली-२’ को पोष्टर सार्वजनिक गरेको छ । भारतीय गणतन्त्र दिवसको दिन पारेर निर्देशक एसएस राजामौलीले आफ्नो ट्विटर ह्यान्डलबाट फिल्मको पोष्टर सार्वजनिक गरेका हुन्। पोष्टरमा बाहुबली र देबसेनाले धनुष समातेको देखाइएको छ। फिल्ममा प्रभास, राणा दग्गुबत्ती, अनुष्का सेट्टी, तमन्ना भाटियाको मुख्य भूमिका रहेको छ ।