कपिल शर्माको शो ‘द कपिल शर्मा शो’ मा हालैमा हलीउडस्टार ज्याकी च्यान र बलीउडस्टार सोनू सूद पुगेका थिए । त्यस बखत ज्याकी च्यान र सोनूले शोमा साइकलबाट इन्ट्री लिएका थिए । यी दुईले साइकलबाट इन्ट्री लिनु कुनै अनौठो होइन तर यो कुरा सुनेर चाहिँ तपाई चकित पर्नु हुन्छ कि सोनू सूदले हाकेको र हलीउडस्टार ज्याकी च्यान बसेको साइकल १० लाख भारतीय रुपैयाँमा विक्रि भएको छ । शोमा ज्याकी च्यान र सोनूको साइकल इन्ट्रीपछि कपिलले च्यारिटीका लागि यसलाई लिलामीमा राखे । जसमा यो साइकल १० लाख रुपैयाँमा विक्रि भयो । मनोरञ्जनका बीच कपिल शर्माले च्यारिटीका लागि साइकिलको लिलामी गर्ने बोली लगाएका थिए । जसमा दर्शकहरुबीचबाट शेख फाजिल नामका एक व्यक्तिले साइकल किने १० लाखमा । बताइदिउँ कि ज्याकी च्यान र सोनू आफ्नो अपकमिंग फिल्म ‘कुंग फू योगा’ को प्रमोशनका लागि कपिलको शोमा पुगेका थिए ।