हालैमा दीपिका पादुकोणको पहिलो हलीउड फिल्म ‘xXx: The Return of The Xander Cage’ रिलिज भयो र चाँडै प्रियंका चोपडाको पनि हलीउड फिल्म ‘बेवाच’ रिलिज हुँदैछ । यो फिल्म यसै बर्षको मेमा रिलिज हुने बताइएको छ । दीपिका र प्रियंकालाई हलीउड फिल्ममा देखेर अबश्य पनि केही बलीउड एक्ट्रेस पनि हलीउड फिल्ममा जाने सपना बुनिरहेका छन् । तर, बलीउड अभिनेत्री अनुष्का शर्मा भने यस विषयमा फरक विचार राख्छिन् ।
अनुष्कासँग जब सोधियो कि के उनी पनि हलीउड फिल्ममा जान चाहिन्छन् तब यसको जबाफ दिँदै उनले बताइन कि, ‘अहिलेसम्म मैले त्यस्तो सपना देखेको छैन । र, मलाई के लाग्छ भने जे हुनु छ त्यो भएरै छोड्छ । यदी मसँग यस्तो अफर आयो भने पक्कै म सोच्ने छु तर यस बेला म हलीउड फिल्ममा जानका लागि मरेको छैन ।’
अनुष्कासँग फेरी सोधियो कि बलीउडबाट हलीउड फिल्ममा जानु बलीउडस्टारहका लागि ठूलो कुरा हो ? तब अनुष्काले उत्तर दिइन, ‘जहिले पनि र जति खेर पनि कामको सुरुवात गर्न सकिन्छ, यो सबै उसमा निर्भर रहन्छ, चाहे त्यो बलीउड, हलीउड होस् वा कोरियन ।’