एक्ट्रेस काजोल अहिले साउथका स्टाएर धनुषको नयाँ तमिल फिल्म ‘वीआईपी २’ को शूटिंगमा निकै बिजी छिन् । काजोल पूरै एक दशकपछि तामिलको यो फिल्मबाट साउथ इण्डियन फिल्ममा कमब्याक गर्दैछिन् । अहिलेसम्म यो स्पष्ट थिएन कि यो फिल्ममा काजोल के गर्दै देखिनेछिन् । तर, न्यूज एजेन्सी आईएएनएसका अनुसार, उनी यो फिल्ममा एक विजनेश वुमेनको भूमिकामा देखिनेछिन् । फिल्मसँग जोडिएका एक व्यक्तिले आईएएनएससँग भने, ‘उनी शिष्ट व्यवसायीको भूमिकामा हुनेछिन् र यसमा उनको भूमिका विल्कुलै फरक रहनेछ ।’
उनको फरक भूमिका कस्तो हो भन्ने नखुलाइएपनि काजोलले फिल्म ‘वीआईपी २’ मा भिलेनको भूमिका निर्वाहा गर्न लागेको भारतीय मिडियाहरुले बताएका छन् ।
यो फिल्मलाई साउथका सुपरस्टाहर रजनीकान्तकी छोरी सौन्दतर्या रजनीकान्त डायरेक्ट। गरिरहेकी छिन् र उनका भिनाजु धनुषले यो फिल्ममा महत्वपूर्ण भूमिका निर्वाहा गरेका छन् । यो फिल्म वेलैयिल्ला पट्टाथारीको सिक्वेल हो, जुन साउथको एक सुपरहिट फिल्म हो । पहिलो फिल्ममा पनि धनुषले मुख्य भूमिका निभाएका थिए ।