ह्यारी पोटर सीरीज फेम एक्टर जोन हर्टको गएको शुक्रबार निधन भएको छ । मीडियामा आएको रिपोर्ट्सका अनुसार, जोन ७७ बर्षका थिए । बताइदिउँ कि, जोन लामो समयदेखी क्यान्सर रोगबाट पीडित थिए र आफ्नो फिल्मी करियरमा उनले २०० भन्दा बढी फिल्ममा काम गरिसकेका छन् ।
जोनले ह्यारी पोटरका अलवा ‘द एलिफेन्ट म्यानन’,‘मिडनाइट एक्सप्रेस’, ‘द वाइल्ड द विलिंग’, ‘द कोन्टेक्ट’, ‘दिस इज माए स्ट्रीट’, ‘एलियन’, ‘नाइनटीन एट्टी फोर’, ‘दैट गुड नाइट’, ‘माय नेम इन लैनी’, ‘डारकेस्ट हावर’, ‘द जर्नी’, ‘ओनली लवर लेफ्ट अलाइव’ जस्ता फिल्महरुमा काम गरिसकेका छन् । जोनले फिल्मका अलवा टिभी शोहरुमा पनि काम गरिसकेका छन् ।
जोनले आफ्नो फिल्मबाट २ पटक ओस्कार अवार्डका लागि नोमिनेट भएका थिए । त्यस्तै, उनले १ गोल्डन ग्लोब अवार्ड र २ बाफ्टा अर्वार्ड जितेका थिए ।