जोधपुरको चर्चित शिकार मामिलामा सलमान खानको प्रतिनिधित्व गर्दै आइरहेका वकीलको दाबी छ कि एक अन्तर्राष्ट्रिय ग्याङ्गस्टरले उनलाई फोन गरेर सलमान खानलाई उक्त मामिलामा रिहा गरे ज्यान मार्ने धम्की दिएको छन् ।
एच एम सारस्वतले दुई दिन अगाडी यो दाबी गरेका थिए कि फोन गर्ने स्वयमले आफु एक अन्तर्राष्ट्रिय ग्याङ्गस्टर रहेको बताएका थिए र सलमान खानको आर्म्स एक्ट मामिलाबाट रिहा गरे ज्यान मार्ने धम्की दिएका थिए । उनले भने, ‘‘यसमा ति ग्याङ्गस्टर खुसी छैनन् ।’’
सारस्वतका अनुसार, फोन गर्नेले उनलाई गम्भिर परिणाम भोग्न तयार हुनका लागि धम्की दिँदै भने कि उनलाई अब कसैले बचाउन सक्दैन । पुलिस आयुक्त अशोक राठौड़ले भने कि सारस्वतले पुलिसमा यसको विषयमा मुद्धा दर्ता गरेका छन् र त्यसपछि उनलाई सुरक्षाका लागि एक सशस्त्र पुलिसकर्मी उपलब्ध गराइएको छ ।