२०१६ को लागि सीजनको फेभरेट ‘ला ला ल्यान्ड’ ले प्रोड्यूसर्स गिल्ड अफ अमेरिकाको डेरिल एफ जानुक अवार्ड जितेको छ । रिपोर्टका अनुसार, प्रोड्यूसर फ्रेड बर्जर, जोर्डन होरोविट्ज र मार्क प्लाटले यो सबैभन्दा ठूलो सम्मान प्राप्त गरेका हुन । बेवरली हिल्टन होटलमा भएको २८ औं सालाना प्रोडयूसर्स गिल्ड अवार्डस सकिएको अवसरमा यो पुरस्कार प्रदान गरिएको हो । यो संगीतमय कमेडी-ड्रामाले ‘अराइवल’, ‘डेडपूल’, ‘फेंसेज’, ‘हेक्सा रिज’, ‘हेल ऑर हाई वाटर’, ‘हिडन फिगर्स’, ‘लॉयन’, ‘मैनचेस्टर बाई द सी’ र ‘मूनलाइट’ टक्कर दिएर यो सम्मान प्राप्त गरेको हो ।