साउथ इन्डियन एक्शन स्टार चिरञ्जीवीको कमब्याक फिल्म ‘कैदी नम्बर १५०’ ले टलिउडमा नयाँ रेकर्ड बनाएको छ । फिल्म ‘कैदी नम्बर १५०’ ले सबैभन्दा थोरै समयमा सर्वाधिक ग्रस कलेक्शन गर्ने फिल्मको रेकर्ड बनाएको हो। फिल्मले एक हप्ता पूरा नहुँदै भारतमा मात्र एक सय ५० करोडको व्यापार गरेको भारतीय अनलाइनहरुले लेखेका छन् । वी.वी विनायकको निर्देशनमा बनेको फिल्ममा काजल अग्रवाल र तरुण अरोडाको पनि मुख्य भूमिका रहेको छ । यो तमिल ब्लकबस्टर कथ्थीको तेलुगू रीमेक हो ।