‘बिग बोस’ सीजन १० को फिनाले सकिसकेको छ । यो सीजनको सबैभन्दा अनौठो कुरा त यो छ कि सेलेब्रिटी कन्टेस्टेन्ट र भोजपुरी एक्ट्रेस मोनालिसाको विवाह बिग बोसको घर भित्रै भएको थियो । मोनालिसाको ब्बायफ्रेण्ड विक्रान्त सिंहसँग विवाह भएको हो । बिग बोसमा आउनुभन्दा अगाडी मोनालिसाको लाइफ निकै कन्ट्रोभर्सीयल रहेको थियो । बी-ग्रेड फिल्महरुमा काम गरिसकेकी मोनालिसा आफ्नो प्राइभेट लाइफमा सधै चर्चामा रहेकी छिन् ।
१२ अक्टूबर, १९८२ मा पटनाको बंगाली फेमिलीमा जन्मिएकी मोनालिसाको असली नाम अन्तरा बिस्वास हो । कोलकातामा अध्ययन सकाएपछि उनले एक होटलमा जागिर खान सुरु गरिन्, जसमा उनले मासिक १६ हजार तलब थाप्ने गरेकी थिइन । बंगाल फिल्म इंडस्ट्रीसँग जोडिएका व्यक्तिहरु होटमा आउँथे । मोनालिसाको सुन्दरता देखेर उनलाई फिल्ममा ट्राई गर्ने सल्लाह दिए । त्यसपछि मोनालिसा बंगाली फिल्ममा काम गर्न लागिन् ।
एल्बममा काम गरेपछि मिल्यो फिल्म
केही बंगाली सीरियल र फिल्ममा छोटो भूमिकामा काम गरेपनि मोनालिसालाई सफलता मिलेन र उनी २००४ मा मुम्बई आईन । त्यसपछि उनले मुम्बईमा ‘जरा-जरा बहकता है’ र ‘रेशम का रुमाल’ जस्ता गीतहरुमा काम गरिन् । उनको पहिलो बलीउड फिल्म हो, ‘तौबा-तौबा’ ।
२००८ मा राखिन् भोजपुरी सिनेमामा पाइला
२००८ मा मोनालिसाको पहिलो भोजपुरी फिल्म ‘भोले शंकर’ रिलिज भयो । यो फिल्ममा मिथुन चक्रवर्ती र मनोज तिवारीले मुख्य भूमिका निर्वाहा गरेका थिए । मोनाले अहिलेसम्म ५० भन्दा बढी भोजपुरी फिल्ममा काम गरिसकेकी छिन् ।