यस वर्ष फिलिपिन्समा भएको युनिभर्स प्रतियोगिता केही विशेष रह्यो बलिउड अभिनेत्री तथा पुर्व मिस युनिभर्स सुष्मिता सेनलाई ।
उनी उक्त कार्यक्रममा निर्णायकको भुमिकामा रहेकी थिइन् । उनी २३ वर्षको उमेरमा नै मिस युनिभर्स भएकी थिइन् । यस वर्षको ताज फ्रान्सकी दन्त चिकित्सककी छात्रा २३ वर्षीय छात्रा इरिस मितेनेयरले जितेकी छिन् ।
यो प्रतियोगिता यति कठिन थियो कि उनलाई कठिन समयबाट गुज्रिनु पर्यो । उक्त कार्यक्रममा सुष्मिता सेन लगातार ४८ घण्टासम्म सुत्न पाइनन् । सुष्मिता सेनले ट्विट गर्दै यसबारे जानकारी दिएकी हुन् ।