बलीउड अभिनेत्री कंगना रनावतको मुख्य भूमिका रहेको फिल्म ‘रंगुन’ को चर्चाले यति बेला भारतीय सिने बजार राम्रै गर्माएको छ । हालैमा कंगनाले उक्त फिल्मको बारेमा एक अन्तवार्ता दिँदै फिल्मको सुटिङको समयमा नायकद्धय सैफअली खान र शाहिद कपुरको जुँगाको कारणले धेरै नै असजिलो सामना गर्नु परेको बताएकी छिन् । उनका अनुसार, फिल्ममा किसको सिन गर्दा कंगनालाई उनीहरुको जुँगाले धेरै नै असजिलो बनाएको थियो ।
कंगनाले बताएकी छिन्, ‘शाहिदसँग किसको सिनगर्दा मलाईलाई धेरै गाह्रो भएको थियो । किनभने उनको जुँगा धेरै नै घुम्रिएको थियो । त्यसैले किस गर्दा शाहिदको जुँगा सबैभन्दा ठूलो समस्या बनेको थियो ।’
उक्त फिल्ममा कंगनाले सैफ र शाहिद दुवैसँग रोमान्स गरेकी छिन् । बिशाल भारद्धाजको निर्देशन रहेको यो फिल्म २४ फेब्रुअरीमा रिलिज हुनेछ ।