‘बिग बोस १०’ का विनर मनवीर गुर्जर फाइनली नोएडा पुगेका छन् । मंगलवार इंदिरा गान्धी डोमेस्टिक एयरपोर्ट टर्मिनल ३, नई दिल्लीमा उनको भब्य स्वागत गरिएको थियो । खास कुरा त यो छ कि उनलाई लिनका लागि १५ सय गाडी एयरपोर्ट पुगेको थियो । मनवीर एयरपोर्टबाट एक कारमा चढे र उठेर सनरूफबाट फ्यान्सहरुको अभिवादन स्वीकार गरे । मनवीर नोएडाको नजिक एक सानो गाउँ आगाहपुरमा रहन्छन् ।
उनले १०५ दिन बिग बोसको घरमा विताएपछि ट्रफी र ४० लाख हात पारेका थिए । ४० लाख नगद मध्ये मनवीरले २० लाख भने सलमान खानको बीइंग ह्यूमन फाउण्डेशनलाई डोनेट गरेका छन् ।