बलीउड एक्ट्रेस प्रिटी जिन्टाले मंगलवार आफ्नो ४२ औं बर्थडे सेलिब्रेट गरिन् । सोमवार राती उनलाई एक्टर फरदीन खानको साथ मुम्बईको एक रेष्टुरेन्टमा देखिएको थियो । त्यस दौरान प्रिटी फेशन डिजाइनर सुरीली गोयलको ब्लू ड्रेसमा देखिएकी थिइन । रेष्टुरेन्टको बाहिर सोचेको भन्दा बढी नै प्रिटी मोटी देखिएकी थिइन । यो मान्दा गलत नहोला कि विवाह गरेपछि उनको तौल बढेको हो ।
गएको बर्ष प्रिटी जिन्टाले आफुभन्दा १० बर्ष कान्छा अमेरिकन सिटिजन जीन गुडइनफसँग विवाह गरेकी थिइन । १९ फेब्रअरीमा यो जोडीले अमेरिकाको लस एन्जिलिसमा एक प्राइभेट सेरेमनीमा विवाह गरेका थिए ।