यो अरु कसैले भनेका होइनन् सलमान खानका पिता अलीम खान स्वयमले भनेका हुन । हालैमा जी क्लासिक शो माई लाइफ, माई स्टोरीमा सलीम खानले भने -‘म कहिले पनि सलमान खानका लागि फिल्मको स्क्रिप्ट लेख्दिन । किनकी यदी फिल्म फल्प भयो भने त्यो मेरो गल्ती मानिन्छ । हिट भयो भने सलमानको मेहेनतलाई क्रेडिट जान्छ ।’
सलीम खानले भने, ‘यस्तो पक्कै होइन कि मैले आजसम्म सलमानका लागि फिल्म लेखेका छैनन् । मैले पत्थर के फूल लेखेको थिए । आज पनि मैले केही राम्रो लेखे भने मान्छेहरु सोध्ने गर्छन कि सलमानका लागि किन लेख्नु भएन ? तर, म आफैलाई एक घेरामा मात्र बाध्न चाहन्न् ।’