सुशिल श्रेष्ठ र बर्षा सिवाकोटी स्टारर चलचित्र ‘कारखाना’ ले जेठ ५ गतेलाई रिलिज डेट लक गरेको छ । निर्माणपक्षले एक पोष्टर सार्वजनिक गर्दै ‘कारखाना’ को प्रदर्शन मिति जेठ ५ गतेलाई तय गरिएको उल्लेख गरेको छ । अमरदिप सापकोटाको कथा तथा निर्देशन रहेको यो चलचित्रलाई सुदिप खड्का र अमर बज्रचार्यले निर्माण गरेका हुन् ।
चलचित्रमा सुशिल श्रेष्ठ, बर्षा सिवाकोटी, मौसमी मल्ल, नविन लम्साल, जेविका कार्की, विकास उप्रेती, सुपी थापा लगायतका कलाकारको पनि अभिनय छ । चलचित्रमा हर्कुलेस बस्नेत, अनिल शाही र कल्याण सिंहको संगीत, नवराज उप्रेतीको छायांकन, अमरदिप सापकोटा, दयाराम दाहाल र सुशिल पोखरेलको पटकथा तथा संवाद, चन्द्र पन्तको एक्सन, कविराज गहतराजको कोरियोग्राफी छ ।