बलीउड अभिनेता टाइगर श्राफले अभिनेत्री श्रद्धा कपुरसँग विवाह गर्न चाहेको बताएका छन्। करण जोहरको कार्यक्रम कफि विथ करनमा उनले श्रद्धासँग आफु स्कुले जीवनदेखी नै एकतर्फी प्रेममा रहेको खुलासा गर्दै उनीसँग विवाह गर्न चाहेको बताएका हुन्। टाइगर र श्रद्धाले बागी फिल्ममा संगै अभिनय गरेका थिए। टाइगर र अर्की अभिनेत्री दिशा पटानीको सम्बन्धलाई लिएर बलिउडमा गसिपले बजार पिटिरहेको छ ।
करण जोहरको कार्यक्रममा बुबा ज्याकीसँग कफी पिउन पुगेका टाइगरले माधुरी जत्तिको सेक्सी अन्य कुनै अभिनेत्री नलाग्ने पनि बताए।