बलीउड गायिका वियोन्सेले आफू चाँडै आमा बन्न लागेको बताएकी छिन् । इन्सटाग्राममा आफू गर्भवती भएको एक तस्विर पोस्ट जुम्ल्याहा सन्तानको आमा बन्न लागेको समेत खुलासा गरेकी छिन् ।
इन्टाग्राममा वियोन्सेले लेखेकी छिन्, ‘हामी हाम्रा माया र खुशी साट्न चाहन्छौ। हाम्रो जुम्ल्याहा सन्तान हुँदैछ। हामी हाम्रो परिवार दुईको संख्याले बढ्न लागेकोमा अत्यन्तै हर्षित छौ, तपाईहरूको शुभेक्षाप्रति धन्यवाद छ ।’ ३५ वर्षिया वियोन्सेको यसअघि र्यापर् श्रीमानबाट ५ वर्षिया एक छोरीको जन्म भइसकेको छ।