चैत ११ गतेलाई रिलिज डेट लक गरेको चलचित्र ‘लप्पन छप्पन’ यूनिटले नयाँ गीत सार्वजनिक गरेको छ । ‘माया बढ्यो झन झन’ बोलको गीतमा चलचित्रका दुई नायक प्रकाशजंग शाही र सिड खरेलसँग नायिका बर्षा सिवाकोटीको प्रेम र मित्रता देखाइएको छ । गीतमा दीपक आर.जे.को स्वर, शब्द र संगीत छ ।
नायक सौगात मल्ल, अर्पण थापा, दयाहाङ राई, बर्षा सिवाकोटी लगायतका कलाकारहरुको मुख्य भूमिका रहेको यो चलचित्रलाई मुकुन्द भट्टले निर्देशन गरेका हुन । प्रकाशजंग शाह र प्रवेश पौडेलको संयुक्त कथा तथा लेखन रहेको चलचित्रमा सुरेन्द्र पौडेलको सम्पादन र पुरुषोत्तम प्रधानको छायाँकन रहेको छ । डम्वर चन्दको निर्माण रहेको चलचित्रमा सहदेव गौतम कार्यकारी निर्माताको रुपमा रहेका छन् । यो चलचित्र युरोप र नेपालमा छायाँकन गरिएको हो ।