अर्को बर्षको बैशाख २९ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘रोमियो’ को रोमान्टिक अडियो गीत रिलिज भएको छ । ‘बाबरी’ बोलको अडियो गीतमा सन्तोष लामा र मेलिना राइको स्वर, ताराप्रकाश लिम्बुको संगीत, मुकेश राइको शब्द छ ।
शंकर कार्कीको निर्देशनमा तयार भएको यो चलचित्रलाई एचआरके प्रोडक्शनले निर्माण गरेको हो ।
यो चलचित्रमा नीशा अधिकारी, हसनराजा खान, ओसिमा बुन, मेलिना मानन्धर लगायतका कलाकारको मुख्य भूमिका छ । त्रिकोणात्मक प्रेम कथामा तयार भएको यो चलचित्रको मेकिङ, कथावस्तु र प्रस्तुतीमा खुबै ध्यान दिइएको निर्माता तथा नायक हसनराजा खान बताउँछन् ।
चलचित्रमा रामेश्वर कार्कीको छायांकन, किरण घिमिरे ‘माइकल’को लेखन, सुरेन्द्र पौडेलको सम्पादन, अष्ट महर्जन एक्सन, गम्भिर बिष्ट र विपेन गुरुङको कोरियोग्राफी रहेको छ ।