यो हप्ताका लागि तीन नेपाली चलचित्रले आफ्नो प्रदर्शन आरम्भ गरेका छन् । बलीउडका दुई चलचित्र ‘रईस’ र ‘काबिल’ ले नेपालका मल्टिप्लेक्स हलहरु नछोडिरहेको अबस्थामा यो हप्ताको शुक्रबार सिंगल हललाई लक्षित गर्दै नामै नसुनेका दुई चलचित्र ‘थ्री मङिकज्’ र ‘राम जाने’ सँग मुकेश ढकाल स्टारर चलचित्र ‘परिणाम’ प्रदर्शनमा आएको हो । चलचित्र ‘परिणाम’ ले भने प्रचार प्रसारमा राम्रै ध्यान दिएको थियो । कम बजेट र नयाँ कलाकारहरु भएका कारण यी तीन चलचित्रले कस्तो व्यापार गर्लान् त्यो भने आजबाट नै थाहा हुनेछ ।
हरि पराजुलीले निर्देशन गरेको चलचित्र परिणाममा सारिका घिमिरे, मुकेश ढकाल, झरना रिसाल, किसन सुनार, असिम शेर्पा, मुक्ति उपाध्यक्ष लगायतका कलाकारहरुको अभिनय रहेको छ । नारायण घिमिरेको लेखन, माधव शर्माको पटकथा संवाद, एनवी महर्जन र कुमार महर्जनको द्धन्द्ध, कृष्ण बस्नेतको शब्दरसंगीत, कमल राई र प्रिया पराजुलीको नृत्य, मनिषा पोख्रेल र नितिश शर्माको गायन, शिव ढकालको छायाँकन, तारा थापा ुकिम्भेु को सम्पादन रहेको चलचित्र परिणामको कार्यकारी निर्माता भने पदम निरौला हुन ।