बलिउड अभिनेत्री सन्नी लियोनले एक अन्तर्वार्तामा आपत्तिजनक अवस्थामा आफ्नो पिताले आफुलाई रंगेहात समातेको बताएकी छिन् । जब उनी किशोरी थिइन् तब उनको परिवार मिशिगनबाट क्यालिफोर्निया सरेका थिए ।
उनलाई यो कुरा कत्ति मन परेको थिएन । मिशिगनमा एक वर्षसम्म उनी रहिन् । मिशिगनमा एक हट युवकलाई उनी डेट गरिरहेकी थिइन् । सन्नी लियोन उक्त युवकप्रति निकै मोहित थिइन् । उनी भन्छिन्,‘मलाई उसले सधै प्रेम पत्र लेख्ने गर्थो । मलाई प्रेमपत्र पढ्न निकै रमाइलो लाग्थ्यो । सबै कुरा राम्रै चलेको थियो । हामी रोमियो र जुलियट नाटक हेर्न गएका थियौ । हामीले पहिलो पटक किस पनि गर्यौ । त्यो निकै अद्भुत अनुभव थियो । जब मलाई थाहा भयो हामी उक्त ठाउँ छोडेर जाँदैछौ तब म टुटेकी थिए । उ बास्केटबल खेल्थ्यो । उ हट एण्ड ह्याण्डसम थियो तर मेरो परिवार उनलाई मन पराउँदैन्थे ।’
उनी भन्छिन्,‘मेरो बुबाले हामीलाई एकपटक आपत्तिजनक अवस्थामा समात्नु भएको छ । यो खराब घटना थियो । एकपटक हामी मेरो घर सँगै थियौ । हलको कर्नरमा म उसको काखमा बसेकी थिए । हामी इन्टिमेट हुँदै थियौ । त्यही समयमा मेरो पिता आउनुभयो । मलाई गाली गर्न थाल्नुभयो । म निकै डराएकी थिए । यो मेरो जीवनको सबैभन्दा खराब समय थियो ।’