‘कफी विथ करण’ को हरेक एपिसोडमा नयाँ नयाँ कुराहरु सुन्न पाइन्छ । बलीउडका कयौ कलाकारहरु यस कार्यक्रममा भाग लिइसकेका छन् । हालैमा कोरियोग्राफर र फिल्म निर्देशक फराह खानले पनि भाग लिएकी छिन् । उनको साथमा थिइन् टेनिस खेलाडी सानिया मिर्जा । यही बीच उनले फराहसँग सोधे,‘यदी तपाईको साथी यो एक्टरसँग डेट जान चाहन्छिन् भने तपाईको के सल्लाह हुनेछ ?’
फराहले पनि झट्ट उत्तर दिइन्, ‘एउटा ठुलो कण्डमले भरिएको बक्स लिएर जाउ’ । ती अभिनेता हुन् रणवीर सिंह । उनले कण्डमको विज्ञापन पनि गरिसकेका छन् । बलिउडमा रणविर सिंहमात्र यस्ता अभिनेता हुन् जसलाई कुनै पनि मजाकको कुनै पनि असर पर्दैन । उनी हरेक खुला सजिलै लिने गर्छन् भने हरेक कुरा खुलस्त भन्ने गर्छन् । यसकारण फराहले उनको मजाक गरेको बताएकी छिन् । करणले जब रणवीरबारे प्रश्न गरे तब फराह खानले उनीसँग डेटिङ जाने आफ्नो साथीलाई कण्डमको बक्स लैजान सल्लाह दिने बताइन् ।