९ करोड बढि भ्रष्टाचारको अभियोग लागेका नेकपा माओवादी केन्द्रका निलम्वित सांसद ल्हारक्याल लामासँग बिशेष अदालतले १ करोड धरौटी रकम मागेको छ । शिषेष अदालतले आज प्रारम्भिक सुनुवाई गर्दै लामासँग १ करोड धरौटी मागेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ९ करोड २४ लाख बराबर गैरकानुनी सम्पत्ति आर्जन गरेको दावी गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको थियो । ३० बैशाखमा दर्ता गरिएको मुद्दाको बुधबार प्रारम्भीक सुनाई भएको थियो ।
विशेष अदालतका न्यायाधीशहरु मोहनरमण भट्टराई, भूपेन्द्रप्रसाद राई र प्रभा बस्नेतको इजालशले लामासँग १ करोड धरौटी माग गरेको हो ।
गुम्बा व्यवस्थापन समितिको अध्यक्ष, पूर्व अर्थ राज्यमन्त्री रहँदा २९ करोड ७९ लाख १४ हजार रुपैयाँबराबरको सम्पत्ति आर्जन गरको दावी अख्तियारले गर्दै आएको छ । – एस काठमाडौं