संसारका विकसित देशमा फेशन अवार्ड नौलो नभए पनि नेपालमा भने पहिलो पटक फेशन अवार्डको आयोजना हुने भएको छ । बिगत ४ बर्ष देखी नेपाली फेशन बजारमा अनलाईनबाट सेवा दिँदै आएको क्लोथ नेपालले पहिलो पटक नेपाली डिजाइनरहरुलाई अवसर दिँदै फेशन अवार्ड आयोजना गर्न लागेको हो । उक्त अवार्ड बारे जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलनमा नेपाली चर्चित डिजाइनर बिश्ब गौतमले नेपाली फेशन डिजाईनरका लागी यो अत्यन्त महत्वपुर्ण अवसर भएको बताउँदै नेपाली डिजाइनले विश्व बजार पाउन सम्भावनाको ढोका खुलेको बताए । आयोजक संस्था क्लोथ नेपालका प्रमुख रधु थापाले नेपाली डिजाइनर डिजाइनलार्इ विश्व बजारमा पुराउन सक्ने सम्भावना रहेको उल्लेख गरे । सेक्टेम्बर १७ हुने कार्यक्रममा नेपाली चर्चित १० मोडलहरुले सय जना नेपाली डिजाइनरबाट छानिएका ५ फरक फरक डिजाईन प्रस्तुत गर्ने छन् । कार्यक्रमलाई बिपिन गुरुङले कारियोग्राफी गर्ने छन् । नेपालमा यसअघि पनि डिजाइनरहरु प्रतिस्पद्र्या भएको भए पनि अवार्डकै रुपमा आयोजना हुन लागेको यो पहिलो पटक हो ।