संजय दत्तको बायोपिकमा अब रणबीर कपूरको साथ नेपाली मुलकी बलीउड अभिनेत्री मनीषा कोइराला पनि देखिने भएकी छिन् । खबरका अनुसार, यो फिल्मबाट मनीषा बलीउडमा कमब्याक गर्ने तयारीमा छिन् । फिल्ममा मनीषाले संजय दत्तकी आमा नरगिसको भूमिका निर्वाहा गर्ने लगभग पक्कापक्की भएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । यो विषयमा डायरेक्टर राजकुमार हिरानीले कम्फर्मेशन दिएका छन् । संजयकी आमा नरगिसको मृत्यु क्यान्सरबाट भएको थियो र मनीषा पनि क्यान्सरबाट पीडित थिइन । बताइदिउँ कि, केही दिन पहिला मनीषाले आफ्नो सोशल मिडियामा राजकुमार हिरानीसँगको एक तश्वीर पोष्ट गरेकी थिइन