साँगीतिक प्रेमकथामा आधारित भएर निर्माण भएको चलचित्र ‘दर्पण छायाँ २’ को ट्रेलर सार्वजनिक भएको छ । फागुन २७ गतेलाई रिलिज डेट लक गरिएको यो चलचित्रको ट्रेलरमा प्रेम, द्धन्द्ध, मित्रता, विछोड लगायतका पक्षहरुलाई देखाउन खोजिएको छ । ट्रेलरबाट यो अनुमान लगाउन सकिन्छ कि नायक पुष्पल खड्काका लागि दुई नायिका श्रदा प्रसाइँ र साहारा कार्कीको लडाई चलचित्रमा देखाउन खोजिएको छ । आजभन्दा १६ बर्षअगाडी निर्माण भएको सुपरहिट चलचित्र ‘दर्पण छायाँ’ मा दीलिप रायमाझी, उत्तम प्रधान र निरुता सिंह थिए भने यसको भाग ‘टु’ अर्थात ‘दर्पण छायाँ २’ मा भने सबै नयाँ कलाकारहरुको बाहुल्यता रहेको छ । चलचित्रमा पुष्पल, साहारा, श्रद्धाका अलवा फिरोज तिमिल्सिना, सुमन घिमिरे, जीवन आचार्य, तुफान घले, सरिना पौडेल, रोनी केसी लगायतका कलाकारको पनि अभिनय छ । चलचित्रलाई सनु कार्की र रवी कार्कीले निर्माण गरेका हुन् । तुलसी घिमिरेको लेखन र निर्देशन रहको चलचित्रका प्रस्तुतकर्ता डाक्टर लोपसाङ लामा हुन् ।