‘बाहुबली’ फेम डायरेक्टर एसएस राजामौली आफ्नो अपकमिंग फिल्म ‘बाहुबली २’ लाई लिएर जति चर्चामा छन् त्यति नै अहिले उनी अपकमिंग प्रोजेक्ट ‘महाभारत’ का कारणले पनि छन् । फिल्मको स्टारकास्टलाई लिएर फेरी एक खबर बाहिर आएको छ । सोर्सेजको भनाई अनुसार, एसएस राजामौली आफ्नो फिल्म ‘महाभारत’ मा एकसाथ आमिर खान र रजनीकान्तलाई कास्ट गर्न चाहन्छिन् ।
सोर्सेजका अनुसार, राजामौलीले महाभारतको स्टारकास्टको प्लानिंग शुरु गरेका छन् र उनी चाहन्छन् कि उनको यो फिल्ममा आमिर खान र रजनीकान्त हुन । यति मात्र होइन राजामौली मोहनलाल विश्वनाथन नायरलाई पनि यो फिल्ममा लिन चाहन्छन् । प्राप्त खबरका अनुसार, राजामौलीको महाभारतमा यदी आमिर खानले काम गरे भने भगवान कृष्णको भूमिकामा हुनेछन् । त्यस्तै, रजनीकान्त फिल्ममा भीष्म पितामहको भूमिकामा हुनेछन् । ‘बाहुबली २’ रिलिजपछि एस.एस. राजमौली ‘महाभारत’ सुरु गर्ने तयारीमा छन् । यो फिल्म तीन भागमा बन्नेछ ।