चैत ११ गतेलाई रिलिज डेट लक गरिएको निखिल उप्रेती स्टारर चलचित्र ‘निर्भय’ को ट्रेलर रिलिज भएको छ । ‘भ्यालेन्टाइन डे’ लाई लक्षित गर्दै निर्माणपक्षले निखिलको धमाकेदार एक्सन समाबेश ‘निर्भय’ ट्रेलर सार्वजनिक गरेको हो । ट्रेलरमा निखिलको धुँवादार एक्सनले चलचित्र ‘निर्भय’ लाई प्रतिक्षित बनाउनेमा दुई मत छैन । चलचित्रमा हिमाल केसीको द्धन्द्ध निर्देशन छ । ट्रेलरमा देखिए अनुसार चलचित्रमा निखिल प्रहरीको भूमिकामा छन् भने नीताले निखिलकी श्रीमतीको रोल प्ले गरेकी छिन् ।
मधुसुदन भट्टराईको निर्देशनमा तयार भएको यो चलचित्रलाई देवी प्रसाद पाण्डेले निर्माण गरेका हुन । चलचित्र ‘निर्भय’ मा नायक निखिल उप्रेतीले खतरनाक रियल स्टन्डका दृश्यहरु दिएका छन् । चलचित्रमा निखिल र नीताका अलवा शुशिल पोखरेल, विकास चापागाई, विशाल पहाडी, कृष्ण शिवाकोटी, प्रदिप ढकाल, प्रज्ज्वल गिरी, रश्मि भट्ट लगायतको अभिनय रहेको छ ।