महानायको उपाधि पाएका नेपाली चलचित्रका सुपरस्टार राजेश हमाल उमेरले ५० बर्ष नाघिसकेका छन् तर उनको शरिर र अनुहारको चमक हेर्ने हो भने ३२ बर्षे जवान ठिटो लाग्छ । कसिलो ज्यान र बोल्ने बोल्ड शैलीले २५ बर्षदेखी नेपाली रजतपटमा राज गरिरहेका नायक राजेश हमाल ५० बर्षको उमेरमा पनि यति फुर्तिलो देख्दा सबैको मनमा एउटै प्रश्न उब्जिन्छ, ‘आखिर कसरी गर्छन हमाल आफुलाई मेन्टेन ?’ यसको राज आज हामी तपाईहरुलाई खोल्दैछौं । पत्याउनु हुन्छ वा हुन्न हमालले भात नखाएको मात्र १६ बर्ष भन्दा बढी भइसकेको छ । यदी खाई हालेपनि उनी दुई चार चम्चा भन्दा बढी खाँदैनन् किनकी उनलाई डर लाग्छ कि कतै भातले भुँडी बढ्ने त होइन । भातमा काब्रोहाईट्रेड बढी हुने भएका कारण उनी भात खाँदैनन् । भात मात्र होइन उनी रोटी पनि खासै खाने गर्दैनन् । भातमा र रोटीमा काब्रोहाट्रेड हुने भएकोले त्यो खाएमा आफ्नो भुँडी ठूलो हुने र भुँडे नायक बन्ने डरले उनी यसबाट टाढै रहन्छन् । विहान दैनिक झण्डै ३ घण्टासम्म एक्सरसाइज गर्ने हमाल उठ्ने वित्तिकै आयुर्बेदिक तितो महको स्वादमा हट लेमन पिउँछन् । त्यसको केही समय पछि उनी विदेशी जुस पिउँछन् । उनी दिनमा दैनिक जसो एउटा स्याउ खाने गर्छन ।
त्यसपछि उनी दिउँसो २ देखी ४ बजे भित्रमा ४/५ वटा अण्डा खान्छन् त्यो पनि पहेंलो विनाको । अण्डा भित्र सबै भन्दा पौष्टिक तत्वको रूपमा रहेको त्यो पहेंलो भागमा प्रोटिन र क्लोस्टिरोल हुनाले उनी त्यसलाई मन पराउँदैनन् ।
अचम्म त यो पनि छ कि हमाल जहाँ पायो त्यहाँको पानी पनि पिउँदैनन् । डेब्यू चलचित्र ‘युगदेखि युगसम्म’ मा काम गर्नु भन्दा अगाडी जाँड-रक्सी, चुरोट, पान, सुपारी सबै खाने हमालले त्यसपछि भने यी चिजहरु खान चटक्कै छोडे । साँझ सुत्नु भन्दा अगाडी ग्रिन सलाद, गेडागुडीको तरकारी, साँग र दाल खाने हमाल सुटिङ स्पटमा जाँदा समेत वाटरको बोतल र उसिनेको अण्डा साथमै घरबाट लिएर जान्छन् । हमालाई माछाका भेराइटी भने खुबै मन पर्छ । राजेश कहिले काही विदेशी माछा खाने गर्दछन् ।
पछिल्लो समय नेपाली चलचित्रमा कम सक्रिय हमाल चाँडै आफ्नै निर्माण र निर्देशनमा नयाँ चलचित्र बनाउने गृहकार्यमा छन् ।