गएको दशैंमा प्रदर्शनमा आएको सुपरहिट चलचित्र ‘परदेशी’ एकहप्ता अगाडी मात्रै युटयुबमा सार्वजनिक भएको छ । बैदेशिक रोजगारीमा जाने नेपालीहरुको कथालाई मार्मिक ढंगबाट प्रस्तुत गरेको यो चलचित्रले नेपाली बजारबाट झण्डै ३ करोड माथीको विजनेश गरेको विवतक सुनील मानन्धर बताउँछन् । हलबाट सुपरहिट चलचित्रको सूचीमा दर्ता भएर उत्रिएको चलचित्र ‘परदेशी’ लाई अहिले युट्युबमा पनि दर्शकहरुले उतिक्कै रुचाएका छन् । म्यूजिक नेपालको युटयुब च्यानलबाट अपलोड गरिएको यो चलचित्र अहिले युटयुबको ट्रेडिङ नं. २७ मा परेको छ । हप्ता दिन अगाडी सार्वजनिक भएको यो चलचित्र १० लाख भन्दा बढीले हेरिसकेका छन् । चलचित्र हेरेपछि झण्डै १७ सय व्यक्तिले परदेशीको तारिफ गर्दै कमेन्ट बक्समा आफ्नो विचार राखेका छन् ।
‘भन्थ्यौ आमा नेपालमा दुःख छ, ‘विदेशमा त पैसाको रुख छ’, ‘विछोडको करौतीले’, ‘कुरा खाट्टी हो’ गीतका कारण पनि चलचित्र ‘परदेशी’ ले राम्रै हाइप लिएको थियो । ‘परदेशी’ मा विदेशी भूमिमा कमाउन जाने वा गएका महिला कामदारहरूको कथा–व्यथा उठान गरिएको छ । प्रशान्त तामाङ, रजनी केसी, नरेन खड्का लगायतका कलाकारहरुको मुख्य भूमिका रहेको यो चलचित्रलाई नारायण रायमाझीले निर्देशन गरेका हुन ।