भारतका चर्चित कमेडियन कपिल शर्मालाई हालैमा एक फ्यानले हुनेवाला श्रीमतीका लागि गिफ्ट दिए । त्यसो त, कपिल अहिले नै विवाह गर्ने तयारीमा भने छैनन् । एक समय थियो, तब उनी विवाहको लागि तयार भइसकेका थिए । तर, पछि उनले विवाह गर्ने प्लान क्यान्सिल गरे । बताइदिउँ कि उनको एक यूवतीसँग विवाहको खबर बाहिर आएको थियो, ति यूवती थिइन भवनीत उर्फ गिन्नी चतरथ।
सन २०१४ मा बलीउडभाष्कर अनलाइनसँग अन्तर्वार्ताको क्रममा कपिलका भाई अशोक शर्माले भनेका थिए, ‘कपिल जालंधरकी भवनीत चतरथसँग विवाह गर्न चाहन्थे, जसलाई मानिसहरु प्रेमले गिन्नी भनेर बोलाउँछन् । दुईले कमेडी शो हंस बलिएमा काम गरिसकेका छन् । कपिल आफ्नो पहिलो फिल्म बैंक चोर रिलिज भएपछि गिन्नीसँग विवाह गर्नेछन् ।’ तर, न कपिलले बैंक चोरमा काम गर्ने मौका पाए न उनको विवाह गिन्नीसँग भयो ।