आलिया भट्ट चाँडै नयाँ फिल्म ‘बद्रीनाथ की दुल्हनिया’ मा देखिँदैछिन् । फिल्मको ट्रेलर रिलिज भइसकेको छ भने उनले नायक वरुण धवनसँग फेरी मस्ती गरेको देख्न सकिन्छ । हालैमा आलिया भट्टले एक अन्तर्वार्ताको क्रममा आफ्ना केही पर्सनल लाइफ र विवाह जस्ता विषयमा खुलेर बोलेकी छिन् । आलियाले आफ्नो विवाहको विषयमा बोल्दै भनिन्, ‘म एरेन्ज म्यारिज गर्दिन किनकी मेरो पेरेन्ट्सको सोच सायद फरक छ । म आफ्नो रुचीको हिसाबले गर्न चाहन्छु । मलाई लाग्दैन कि मेरो पेरेन्ट्सले मलाई जर्वजस्ती गर्नुहुन्छ ।’
आलिया आफ्नो पर्सनल लाइफलाई लिएर प्राय चर्चामा आइरहेकी हुन्छिन् । हालैमा आलियासँग जब यो सोधियो कि ‘रियल लाइफमा कस्तो केटा चाहनुहुन्छ ?’ तब आलियाले उत्तर दिइन्, ‘केटाले कस्तो रिलेशनसिप चाहन्छ त्यो महत्वपूर्ण हो । ऊसँग मेरो साथीको सम्बन्ध हुनु पर्छ, जसमा हाम्रो सोच दुवैले सम्झन सकौं । इन्डस्ट्रीको काममा धेरै समय जान्छ, म यो सोच्दिन कि विवाह र बच्चा भएपछि म काम गर्न बन्द गर्नेछु । म कहिले पनि काम गर्न रोक्दिन । यस्तो सम्बन्ध म राख्न चाहन्छु ।’