बलीउडको सुपरहिट फिल्म सिंघममा अजय देवगनले जति दमदार अभिनय गरेका थिए उत्तिकै दमदार भिलेनको रोल प्रकाश राजले निभाएका थिए । जयकान्त शिक्रेको भुमिकामा उनको खलनायकी मज्जैले जमेको थियो । फिल्ममा जोडदार खलनायक छ भने हिरो पनि माथी आउँछ र यहि नै सिंघम फिल्मको सफलताको राज हो । अब फेरी अजय र प्रकाश राज एक फिल्ममा आम्नेसाम्ने हुने भएका छन् । रोहित सेट्टीले केही समयपछि फेरी प्रकाश राजलाई सम्झेका छन् । उनी गोलमाल श्रृंखलाको चौंथो फिल्म गोलमाल अगेनमा भिलेन बन्ने छन् । प्रकाश राजका अनुसार, गोलमाल अगेनको स्क्रिप्ट यस्तो छ कि दर्शक फिल्म हेरुन्जेल हाँसेको हाँस्यै हुनेछन् । उनी फिल्मको स्क्रिप्ट र संवाद सुन्नको लागि आएका थिए । उनलाई आफ्नो रोल पनि मनपर्यो । प्रकाश राजको भनाइ छ कि उनलाई अजयसँग काम गर्न मन पर्छ । उनको उपस्थितीले प्रकाशको अभिनय पनि निखारिन्छ ।
गोलमाल अगेनमा अजय देवगण, परिणीती चोपडा, तब्बु, अशरद वारसी, श्रेयस तलपडे, कुनाल खेमु प्रकाशराज तुषार कपुर र निल नितिन मुकेश लगाएतका कलाकार रहने छन् ।