कमै मात्र हेर्न पाइन्छ कुनै जनावरले चलचित्रको पर्दामा अभिनय गरेको । केही बर्ष अगाडी चलचित्र ‘पापी मान्छे’ मा निखिल उप्रेतीसँग काम गरेको बाँदरलाई हेरेर यो चाहिँ थाहा हुन्छ कि जनावरले पनि मानिसले झै जीवन्त अभिनय गर्न सक्छ । अब लामो समय पछि चलचित्रको पर्दामा बाँदरले अभिनय गरेको हेर्न पाइने भएको छ । भदौ १७ गतेबाट देशव्यापी प्रदर्शन हुन लागेको चलचित्र ‘बृन्दावन’मा नायिका शिल्पा पोख्रेल र बाँदरलाई प्रमुख भुमिकामा प्रस्तुत गरिएको छ । निर्माणपक्षले दिएको जानकारी अनुसार चलचित्रमा शिल्पा र बाँदरको मित्रता देख्न सकिनेछ ।
अष्ट मर्हजनले द्वन्द्व निर्देशन रहेको बृन्दावनमा शिल्पा र बाँदरका अलवा किशोर खतिवडा, प्रकाश कडेल, मेनुका गिरी, बलु घर्ति,बिरेन्द्र यादव,गोविन्द अधिकारी लगायतका कलाकारहरुले अभिनय गरेका छन् । रुद्धाक्ष फिल्मस् प्रा.लिको ब्यानरमा रुद्ध प्रसाद खनालले निर्माण गरेको पहिलो फिल्म बृन्दावनको निर्देशन राजबहादुर सानेले गरेका छन् । सह निर्माता कमल जिसी रहेको बृन्दावन फिल्ममा शिल्पा पोखरेल, किशोर खटिवडा, दिपेन्द्र प्रकाश केसीले मुख्य भूमिका निभाएका छन् भने सुशिल पोखरेल र पुष्कर भट्टले द्धण्द्धको भूमिका निर्वांह गरेका छन् । चलचित्रमा अष्ट मर्हजनको द्धन्द्ध रहेको छ । निर्माता रुद्र खनालका अनुसार चलचित्रमा २१ औं सताब्दीका महिला समाजका निर्णायक खम्बा मात्रै होइन् बैज्ञानिक तवरबाट आइपरेका समस्याहरुलाई सहजै ढंगले समाधान गर्छन् भन्ने देखाइएको छ ।