बलीउड अभिनेता अक्षय कुमारको फिल्म ‘जोली एलएलबी २’ ले यति बेला सानदार कमाई गरिरहेको छ । यो फिल्मले घरेलू बक्सअफिसमा मात्र अहिलेसम्म ९७.९२ करोडको कमाई गरिसकेको छ । मार्केट एनालिस्ट तरण आदर्शले ट्वीट गरेर यो फिल्मको कमाईको विषयमा जानकारी दिएका छन् । तपाईहरुलाई बताइदिउँ कि ‘जोली एलएलबी २’ को वर्ल्डवाइड कमाई १६१.०८ पुगिसकेको छ । वेबसाइट कोइमोइले फिल्मको वर्ल्डवाइड कमाईको विषयमा जानकारी दिएको छ । फिल्ममा अक्षय कुमार र हुमा कुरैशी स्टाररको कहानी पहिलाको भन्दा खासै दमदार भने छैन । मात्र शहर र भूमिका बदलिएको छ । जज सौरव शुक्ला नै छन् । वकील बोमन ईरानीको ठाउँमा ‘जोली एलएलबी २’ मा अन्नू कपूर छन् । अक्षय कुमारले मेहेनत खुबै गरेका छन् तर ‘जोली’ भनेपछि दर्शकहरुको दिमागमा अरशद वारसी नै बसेका छन् ।