‘लज्जा’ चलचित्रबाट नेपाली रजतपटमा भित्रिएकी नायिका शिल्पा पोख्रेल पहिलो पटक निर्मात्री बनेको चलचित्र ‘मंगलम’ को छायाँकन वुधबार सकिएको छ । ३३ दिनसम्म खिचिएको चलचित्र ‘मंगलम’ मा नायिका शिल्पा पोख्रेलले दुई नायकसँग रोमान्स गरेकी छिन् । चलचित्रमा शिल्पाको अपोजिटमा पृथ्वीराज प्रसाई र पुष्पल खड्का छन् । यसअघि शिल्पाले पृथ्वीराज प्रसाईसँग ‘किस्मत २’ मा रोमान्स गरिसकेकी छिन् भने पुष्पलसँग पनि दर्जन बढी म्यूजिक भिडियोमा काम गरिसकेकी छिन् । दुई नायक र एक नायिका भएका कारण यो चाहिँ स्पष्ट के छ भने चलचित्र त्रिकोणात्मक प्रेमकथामा तयार भएको छ । तर, यस विषयमा भने निर्माणपक्षले कुनै जानकारी दिएको छैन ।
नायिका शिल्पालाई पहिलो पटक ठूलो पर्दामा ईन्ट्री गराएका निर्देशक नवल नेपालले यो चलचित्र निर्देशन गरेका हुन । छविराज प्रोडक्शनको व्यानरमा तयार भएको यो चलचित्रका कार्यकारी निर्माता छविराज ओझा हुन भने प्रस्तुतकर्ता शिल्पा पोख्रेल हुन । खबरका अनुसार, यो चलचित्रमा शिल्पाको ५० प्रतिशत शेयर छ । निर्माता छविराज ओझाले चलचित्रको छायाँकन सकिएसँगै रिलिज डेट पनि फाइनल गरेका छन् । उनका अनुसार, अब यो चलचित्र अर्को दशैको फुलपातीमा रिलिज हुनेछ । यदी यो चलचित्रको रिलिज मिति पोष्टपोन्ड भएन भने अर्को बर्षको दशैमा रेखा थापाको ‘रुद्रप्रिया’ र निखिल उप्रेतीको ‘पिँजडा ब्याक अगेन’ सँग शिल्पाको मंगलमले भिडन्त गर्नु पर्नेछ । किनकी यो मितिमा रेखा र निखिलको चलचित्र हलमा लाग्ने लगभग पक्कापक्की भइसकेको छ ।
धार्मिक शास्त्रमा ‘मंगलम’ को अर्थ हुन्छ “सुख, शान्ति, शुभ, राम्रो कुराले सबै भरिपूर्ण होस्” । यो चलचित्रमा ‘ड्रिम्स’ गर्ल साम्राज्ञी राज्य लक्ष्मी शाह अतिथी भूमिका देखिदैछिन् ।