बलीउड अभिनेता सलमान खानले फिल्म ‘सुल्तान’ मा आफ्नो तौल बढाएका थिए । यस फिल्म पश्चात उनी लगातार डाइटिङमा थिए । एक वर्ष पश्चात उनको शरिर पुरानै सेपमा देखिएको छ । उनले फिल्म ‘ट्युबलाइट’ र ‘टाइगर जिन्दा हे’ का लागि यो सबै तयारी गरेका हुन् ।
उनी ‘ट्युबलाइट’ फिल्ममा लक्ष्मणको भूमिकामा देखिँदैछन् । उनको अर्को फिल्म ‘टाइगर जिन्दा हे’ मा धेरै एक्शन सिनहरु रहेका छन् । यसका लागि पनि तौल घटाउन आवश्यक रहेको थियो ।
अली अब्बास जफरको निर्देशनमा बन्न लागेको जासुसी थ्रिलर फिल्म ‘टाइगर जिन्दा हे’ मा आफ्नो भूमिकालाई न्याय गर्न उनी हाल दिनरात पसिना बगाइरहेका थिए । सलमान खानको तौल ८४ केजी रहेको र फिल्म ‘टाइगर जिन्दा हे’ का लागि १७ किलो घटाएका छन् ।
सलमान खानको यस फिल्ममा कटरीना मुख्य भुमिकामा रहेकी छिन् । यो फिल्म मार्च ४ २०१७ मा रिलिज हुनसक्ने सम्भावना रहेको छ । यो फिल्म यशराज प्रोडक्सनले बनाएको हो ।