बलीउडमा धेरै जसो कास्टीङ काउचको समाचार मिडियामा आइरहेका हुन्छन् । तर, एउटी यस्ती अभिनेत्री रहेकी छिन्, जसको भयानक कहानीले प्रत्येकको आँखामा आँसु आउँछ । ८० को दशकमा साउथ इण्डियन फिल्म उद्योगकी चर्चीत अभिनेत्री निशा नुरको मृत्यु एड्सका कारण भएको थियो । भनिन्छ निशालाई एक निर्माताले धोका दिँदै वेश्यावृत्तिमा लगाएका थिए ।
निशाको चर्चा यति सम्म थियो कि उनीसँग काम गर्न कमल हसन, रजनीकान्त समेत चाहान्थेचाहन्थे । केही फिल्ममा भने निशा यी स्टार्सहरुसँग काम पनि गरेकी थिइन् । तर, जति चर्चा यी अभिनेत्रीले पाइन्, त्यो खाले सफलता भने पाउन सकिनन् ।
भनिन्छ, अभिनेत्रीको अन्तिम समयमा यति खराब भएको थियो कि उनी बाटोको बास हुन पुगेकी थिइन् । यस दौरान उनी जीवनका अन्तिम सास लिइ रहेकी थिइन् । बाटोमा बिजोग अवस्थामा भेटिएकी यी अभिनेत्रीलाई केही मानिसहरुले हस्पिटलमा भर्ना गरिदिएका थिए । उपचारका क्रममा उनलाई एड्स भएको पत्ता लागेको थियो । सन् २००७ मा निशाको मृत्यु भएको थियो ।