जसले जे भने पनि केही बर्षदेखी बलीउड अभिनेत्री अनुष्का शर्मा र भारतीय क्रिकेटर विराज कोहली प्रेम सम्बन्धमा रहेको कुरा कसैले नकार्न सक्दैन् । उनीहरु कहिले काहिँ भेट्ने गरेको खबरले जसरी भारतीय मिडिया तात्ने गर्छ त्यसरी नै उनीहरुको प्रेम पनि विस्तारै बाहिर आउँदै गरेको छ । तर हालसम्म यो जोडीले प्रेम सम्बन्ध भने स्वीकार गर्न सकेका छैनन् । अहिले अनुष्का विराट कोहलीको साथमा वेस्ट इन्डीजमा छिन् । सेन्ट लूसियामा यि दुई क्वालिटी टाइम स्पेन्ड गर्दे गरेको तस्बिर अहिले भाइरल बनेको छ । अहिले विराट कोहली टेस्ट सीरीजमा व्यस्त छन् । जब फ्रि टाइम हुन्छ तब विराट अनुष्कासँग छुट्टी मनाउन निस्किहाल्छन् ।