बलीउडमा कतिखेर के हुन्छ कसैलाई थाहा हुँदैन । आँखा झिमिक्क हुन नपाउँदै कसको सम्बन्ध कस्तो हुन्छ सोच्न पनि सकिन्न । केही यस्तै भएको थियो रानी मुखर्जी र अभिषेक बच्चनबीचमा पनि । दुवै कलाकारको कनेक्शन फिल्म ‘युवा’ बाट भएको थियो । त्यसपश्चात उनीहरुले फिल्म ‘बन्टी और बब्ली’, ‘कभी अल बिदा ना केहेना’, ‘लगा चुनरीमे दाग’ र अन्य फिल्महरुमा काम गरे । बलिउडमा हल्ला चल्न थालिसकेको थियो कि उनीहरुबीच केही रहेको छ । उनीहरु एकदमै मिल्ने साथी भएको समेत हल्ला चलेको थियो । तर, यो हल्ला धेरै दिन टिक्न सकेन ।
केही समय पश्चात उनीहरुको सम्बन्धमा आएको परिवर्तन छताछुल्ल भयो । रानीले एक अन्तर्वार्तामा यसबारे खुलेर बोलेकी थिइन् ।
जब अभिषेकले विवाह गरे तब रानी मुखर्जीलाई निमन्त्रणा गरेनन् । जब उनलाई यसबारे सोधियो,‘जब कुनै व्यक्तिले तपाईलाई उसको विवाहमा बोलाउँदैन भने तपाई बुझ्न सक्नु हुन्छ कि उसको अगाडि तपाईको महत्व कति छ । तपाई सोच्नुहोला साथीमात्र होलान् तर, मेरो विचारमा हामी को–स्टारमात्र हौ ।’
उनले थप्दै भनिन्,‘मलाई उसले नबोलाएर केही फरक परेन । यसले के प्रमाणित गर्यो भने हामी को–स्टारमात्र हौं । भोलि मैले पनि विवाह गर्नेछु । मैले पनि केही मानिसहरुमात्र बोलाउनेछु । कमजोर मानिसहरु विवाह गर्छन्, तिनीहरुको व्यवहार भुल्दै अगाडि बढ्नु नै राम्रो हुन्छ ।’