हालसालै मोडलबाट भिक्षुणी बनेकी बलीउडकी ‘कन्टोभर्सी क्विन’ सोफिया हायात प्राय जसो चर्चा र विवादमा तानिरहेकी हुन्छिन् । हालैमा फेरी उनी विवादको घेरामा उभिएकी छिन् । उनी विरुद्ध पैतालामा स्वस्तिकको टाटु खोपेर समाजमा शान्ती र सहिष्णुता भाँडेको आरोप लगाइएको छ ।
सोफियाले पैतालामा स्वस्तिकको चिन्ह खोपेपछि केही दिन अघिमात्रै इन्स्टाग्राममा सेयर गरेकी थिइन् । त्यसपछि सामाजिक सञ्जालमा हंगामा मच्चिएको थियो । धेरैले उनको विरोध गरेका थिए किनभने स्वस्तिकलाई पवित्र चिन्ह मानिन्छ ।
उनको टाटुले सामाजिक सद्भाव खलबल्याएको भन्दै आरटीआई एक्टिभिस्ट असद पटेलले जागेश्वरी स्थित अम्बोली प्रहरी स्टेशनमा उजुरी गरेका हुन् । उजुरी अनुसार सोफियाले पैतालामा स्वस्तिकको चिन्ह बनाएर जनताको शान्ती, समरसता र व्यवस्था भंग गर्ने कोसिस गरेको आरोप लगाइएको छ ।
प्रहरीमा उजुरी दर्ता गरिएपछि सोफियाले एक बयान जारी गरेकी छिन् । जसमा भनिएको छ, ‘यदि उनले यसलाई पवित्र मान्दैनन् भने उनीहरुलाई दिव्यत्वको पहिचान छैन् । म बुद्ध जस्तै पवित्र छु, धर्म भन्दा बढी हिन्दु र इस्लाम जीवन जिउनेको एक तरिका हो । कसैलाई पनि मेरो बारेमा मुल्यांकन गर्ने अधिकार छैन् । सोफियाले यो पनि भनेकी छिन्, ‘मेरो पैताला पवित्र छ । मेरो दिल पवित्र छ मेरो हरेका हिस्सा वास्तवमा तपाई पनि पवित्र हुनुहुन्छ ।’