रानी मुखर्जी चाँडै फिल्म ‘Hichki’ बाट कमब्याक गर्ने भएकी छिन् । सन् २०१४ मा रिलिज भएको फिल्म मर्दानीपछि उनी अन्य कुनै फिल्ममा देखिएकी छैनन् । यशराज फिल्म भेन्चरको यो महिला प्रधान फिल्मलाई सिद्धार्थ पी मल्होत्राले निर्देशन गर्नेछन् । त्यस्तै, फिल्ममा लगानी गर्नेछन् मनीष शर्मा। यो उनको तेस्रो फिल्म हो । योभन्दा पहिला पनि उनले यश राज फिल्म्ससँग काम गरिसकेका छन् । रानीका अनुसार, उनी करिब ३ बर्षदेखी यस्तै एक स्क्रिप्टको खोजीमा थिइन, जुन च्यालेन्जिंग होस् । अन्ततः उनले खोजे जस्तै स्क्रिप्ट पाएकी छिन् ।