अभिनेत्री ऐश्वर्या राय बच्चन र अभिषेक बच्चनका फ्यानहरुलाई खुसीको खबर आएको छ । ऐश्वर्या-अभिषेक चाँडै एक फिल्ममा सँगै देखिने भएका छन् । गुरुमा गज्जबको केमिस्ट्रीपछि निकै रुचाइएको यो जोडी फेरी एकसाथ देखिन लागेका हुन । अन्तिम पटक यी दुईलाई सन् २०१० मा आएको फिल्म रावणमा देखिएको थियो । यो फिल्मलाई मणिरत्नमले निर्देशन गरेका थिए । अब खबर छ कि अभिषेक र ऐश्वर्या ‘गुलाब जामुन’ नामक फिल्ममा एकसाथ देखिँदैछन् । यो फिल्मलाई अनुराग कश्यपले निर्माण गर्नेछन् । त्यस्तै, यो फिल्मलाई निर्देशन गर्ने जिम्मा कुनै एक नयाँ निर्देशकले पाउने छन् ।
बच्चन फेमिलीसँग जोडिएको एक अर्को पनि खबर छ कि अभिषेक, ऐश्वर्या र अमिताभ बच्चन एकसाथ एकै फिल्ममा काम गर्दैछन् । खबरका अनुसार, निर्देशक गोरांग दोषीले बच्चन फेमिलीका यी तीन कलाकारलाई आफ्नो फिल्ममा लिने तयारी गरेका छन् । तर, अहिलेसम्म यो विषयमा निर्माण कम्पनीले कुनै जानकारी भने दिएको छैन । योभन्दा अगाडी यी तीन ‘कजरारे-कजरारे’ मा एकसाथ देखिएका थिए ।