केही दिन अघिमात्रै ‘बाहुबली २’ को पोस्टर आएको थियो, जसले धेरै मानिसहरुको ध्यान खिच्न सफल भयो । अब ‘बाहुबली २’ को प्रतिक्षामा रहेका फ्यानहरुलाई फिल्मको टे«लरको प्रतिक्षा छ ।
‘बाहुबली २’ को प्रतिक्षा गरिरहेका फ्यानहरुलाई एक खुसीको खबर आएको छ । उक्त खबर अनुसार ‘बाहुबली २’ अथवा ‘बाहुबलीः द कन्क्लुजन’ को टे«लर मार्चको दोस्रो हप्तामै रिलिज हुने छ । त्यसैले अब केही दिन मात्रै पर्खिएपछि एक जबरजस्त धमाका हेर्न पाइने धेरैले अनुमान गरेका छन् ।
सन् २०१५ मा आएको ‘बाहुबलीः द बिगिनिङ’ एक यस्तो फिल्म बन्यो जसले बक्स अफिसमात्रै होइन आम मानिसहरुलाई पनि एक प्रकारको चर्चा पाउन सक्यो ।
खास गरि फिल्ममा कटप्पाले बाहुबलीलाई किन मारे ? भन्ने कुरा सस्पेन्स राखिएको थियो जसको बारेमा धेरैलाई खुल्दुली रहेको छ र त्यो खुल्दुली ‘बाहुबली द कन्क्लुजन’ ले मेटाउने धेरैको आशा छ ।
‘बाहुबली २’ फिल्म रिलिज भारतका मात्रै होइन पुरै दुनियाँभरका समर्थकहरुले पर्खिरहेका छन् । अब यो फिल्मको सिक्वेल पनि रिलिजको लागि तयार हुँदै छ । यो फिल्म २८ अप्रिलमा रिलिज हुँदैछ । स्रोतका अनुसार यो खबर आएको छ कि फिल्मका निर्देशक एसएस राजामौलीले बाहुबली २ को टे«लर मार्चको दोस्रो हप्ता रिलिज गर्ने तय गरेका छन् ।
ट्रेलर लञ्चपछि फिल्मको प्रमोशनको काम सुरु हुनेछ । प्राप्त जानकारी अनुसार, बाहुबली २ को भिएफएक्सको लागि मात्र अहिले ३३ वटा स्टुडियोमा एकसाथ काम भैरहेको छ ।