एसएस राजामौलीको फिल्म ‘बाहुबली’ मा ‘भल्लालदेव’को नेगेटिभ रोल प्ले गरेर चर्चित भएका एक्टर राणा दग्गुबतीले यो फिल्मको क्यारेक्टरका लागि निकै मेहेनत गरेका थिए । ‘बाहुबली’ को पार्ट २ मा भल्लालदेवको भूमिका निकै खतरनाक र क्रूर रहेको बताइएको छ । यो क्यारेक्टरलाई ढाल्नका लागि राणा दग्गुबतीले आफ्नो बड्डी हलीवुड फिल्मको क्यारेक्टर हल्क जस्तै मजबूत बनाएका छन् ।
हालैमा एक अन्तर्वार्ताको क्रममा राणले ‘बाहुबली २’ मा मानिसहरुले भल्लालदेवको एक फरक रुप देख्न पाउने बताएका छन् । उनी पहिलाको भन्दा निकै खतरनाकर र पावरफुल देखिनेछन् । यो फिल्मको ट्रेलर मिड-मार्च सम्म सार्वजनिक भइसक्नेछ । फिल्ममा राणा क्रूर भल्लालदेवको रोलमा छन् तर उनी रियलमा भने दुब्लो र पातलो छन् ।
त्यसो त, राणा दग्गुबती बलीउड र साउथ फिल्मको शिलशिलामा कहिले मुम्बई त कहिले हैदरबादमा बस्ने गर्छन । हालैमा ‘बाहुबली २’ को शूटिंगको सिलसिलामा राणा बढी जसो हैदराबाद स्थित आफ्नो घरमा नै बस्ने गर्छन । त्यहाँ उनको साथ पेरेन्ट्स र भाई बहिनी पनि रहने गरेका छन् ।