बलीउड फिल्ममा गीतको महत्वपूर्ण भूमिका हुन्छ । गीत सफल भए दर्शकहरु फिल्म हेर्नका लागि हलसम्म पुग्ने भएका कारण पनि बलीउड फिल्मका मेकर्सहरु बढी जसो त गीतमा नै फोकश हुने गर्छन । बलीउडमा यस्ता धेरै उदारहणहरु पनि छन्, जो गीतकै कारण पनि केही फिल्महरुले बलीउड बक्स अफिसमा कमालको विजनेश गरेका छन् । तर, के तपाईहरुलाई थाहा छ यी गीतहरु गर्नका लागि एउटा स्टार्सले कति मेहेनत गर्नु पर्छ ? मेहेनतसँगै उनीहरु सेटमा मस्ती गर्दै गरेको पनि देख्न सकिन्छ । यो प्याकेजबाट हामी तपाईहरुलाई यो देखाउँदै छौं कि पपुलर गीतको छायाँकनका केही अजिब तश्वीरहरु । माथीको फोटोमा तपाईले देख्न सक्नुहुन्छ कि सन् २०१२ मा रिलिज भएको फिल्म एक था टाइगरको गीत माशाल्लाहको शूटिंगका बीच कैटरीना को(स्टार सलमान खानसँग रमाईलो अन्दाजमा घाँटी दबाउँदै गरेको देख्न सकिन्छ ।
१. ‘ताल’ (१९९९) को गीत ‘कहीं आग लगे…’ को शूटिंग गर्दै ऐश्वर्या राय। फोटोमा ऐश लाई डान्स सिकाउँदैछन् कोरियोग्राफर श्यामक डाबर।
२. सन् २०१३ मा रिलिज म्यूजिक एल्बम ‘Exotic’ को सेटमा प्रियंका चोपडा ।
३. २००१ मा आएको फिल्म ‘यादें’ को गीत ‘जब दिल मिले’ को शूटिंग गर्दै करीना कपूर र ऋतिक रोशन। फोटोमा कोरियोग्राफर सरोज खान र डायरेक्टर सुभाष घईपनि देखिएका छन् ।
४. सिद्धार्थ मल्होत्रा र अक्षय कुमार स्टारर ‘ब्रदर्स’ को आइटम नम्बर मेरा नाम ‘मैरी’ को शूटिंग गर्दै करीना कपूर।
५. सुपरहिट फिल्म ‘रंग दे बसंती’ (२००६) को टाइटल ट्रयाक्कको शूटिंग गर्दै आमिर खान ।